Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कोसीकी राज्यमन्त्री सवार गाडीमा आक्रमण गरेको आरोपमा ६ जना पक्राउ

कोसीकी राज्यमन्त्री सवार गाडीमा आक्रमण गरेको आरोपमा ६ जना पक्राउ

बुधवार , आश्विन १६, २०८१

विराटनगर । कोसी प्रदेशकी राज्यमन्त्री सिर्जना राई सवार गाडीमा आक्रमण गरेर लुटपाट गर्न खोजेको आरोपमा ६ जना पक्राउ परेका छन् ।‌

बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किने क्रममा उदयपुरको बेलका नगरपालिका–८ मा मंगलबार राति १० बजेतिर लुटपाटको प्रयास भएको थियो ।

कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङका अनुसार राई विराटनगरतर्फ फर्किने क्रममा बेलकाको सिरवानीमा ६ जनाको समूहले गाडी रोकेर‌ लुटपाटको प्रयास गरेका थिए ।

घटनामा संलग्न भएको अरोपमा बुधबार विशाल राई, थानवीर राई, आकाश राई, लोहनसिंह राई, सुदीप राई र सुरेश राईलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077