Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कैलालीको लम्कीबाट ८ जना जुवाडे पक्राउ, नगद २७ हजार बरामद

कैलालीको लम्कीबाट ८ जना जुवाडे पक्राउ, नगद २७ हजार बरामद

बिहिवार , आश्विन १७, २०८१

कैलाली । कैलाली प्रहरीले मोतिपुरबाट ८ जना जुवाडेलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले जिल्लाको लम्कीचुहा नगरपालिका-२ मोतिपुरस्थित अर्जुन डाँगीको घरबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा लम्कीचुहा नगरपालिका-२ बस्ने धनन्जय खनाल, सरोज रावल, जगत राज ढुंगाना,आशापति रोकाया, तुलानन्द रिमाल, देवराज बडुवाल, नविन धामी र लोकेश मयाल रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी निरिक्षक दिर्घ बहादुर साउँद कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरिएको हो ।

मोतिपुरस्थित अर्जुन डाँगीको घरमा जुवा तास खेलि रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले बताए ।

उनीहरुको साथबाट २७ हजार ७३० र ६ गड्डी तास बरामद गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077