Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

श्रोत नखुलेको १० लाख रुपैयाँसहित महोत्तरीबाट ललित पक्राउ

श्रोत नखुलेको १० लाख रुपैयाँसहित महोत्तरीबाट ललित पक्राउ

बिहिवार , आश्विन १७, २०८१

महोत्तरी । सशस्त्र प्रहरीले श्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

महोत्तरीको मटिहानीबाट श्रोत नखुलेको १० लाख रुपैयाँसहित एकडारा गाउँपलिका–४ हलखोरीका २३ वर्षीय ललित महारालाई पक्राउ गरेको हो ।

मटिहानी नगरपालिका–७ स्थित बोर्डर सीमा इलाकामा चेकजाँचको क्रममा महारालाई श्रोत नखुलेको नगद १० लाख रुपैयाँसहित नियन्त्रणमा लिएको बीओपी मटिहानीले जनाएको छ ।

सशस्त्र प्रहरी वरिष्ठ हवल्दार गगन डाँगीको नेतृत्वमा रहेको टोलीले ज ७ प ७६२८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा महराले ल्याउँदै गरेको दस लाख रुपैयाँ बरामद भएको थियो ।

बरामद रुपैयाँ, मोटरसाइकल र महराको बारेमा थप अनसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077