Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

खैरो हेरोइनसहित दिनम र संजिव पक्राउ

खैरो हेरोइनसहित दिनम र संजिव पक्राउ

बिहिवार , आश्विन १७, २०८१

रूपन्देही । कपिलवस्तु नगरपालिका –११ बनकटवास्थित सडकबाट अवैध लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रूपन्देही कन्चन गाउँपालिका–४ गरगरेका ३२ वर्षीय दिनम थापा र कपिलवस्तु बाणगंगा नगरपालिका–२ कप्टैयाका ३० वर्षीय संजिव थापा रहेका छन् ।

लु.९२ प ९७८७ नम्बरको स्कुटरमा सवार २ जनालाई चेकजाँच गर्ने क्रममा ५ ग्राम ६३० मिलिग्राम हेरोइनसहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पकडीले जनाएको छ ।

थापाले ज्याकेट भित्रको गोजीमा कालो प्लास्टिकमा लुकाएर राखेको अवस्थामा हेरोइन बरामद भएको बताइएको छ । पक्राउ परेकाहरूलाई प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077