Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नोबेल शान्ति पुरस्कार जापानी संस्था हिडन्क्योलाई

नोबेल शान्ति पुरस्कार जापानी संस्था हिडन्क्योलाई

शुक्रवार , आश्विन २५, २०८१

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिडन्क्योलाई प्रदान गरिने भएको छ।

रोयल स्विडिस एकेडेमीले निहोन हिदान्क्योलाई सन् २०२४ को नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो ।

नोबेल विजेताले ९ लाख ९७ हजार अमेरिकी डलर र पदक प्राप्त गर्नेछन्। आगामी डिसेम्बर १० मा विजेतालाई पुरस्कार वितरण गरिने छ।

उक्त संस्था आबद्धहरुले आणविक हतियारमुक्त संसार बनाउने प्रयास र त्यस्ता हतियार फेरि कहिल्यै प्रयोग गर्न नहुने अभियानका सञ्चालन गर्दै आएकाले शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

सन् १९०१ देखि २०२४ सम्ममा १०५ पटक यो पुरस्कार प्रदान गरिएकोमा १११ जना व्यक्ति तथा २८ वटा संस्था पुरस्कृत भएका छन्। पुरस्कृत हुनेमा १९ जना महिला छन्।

हिरोसिमा र नागासाकी विस्फोटमा परी बाँचेका व्यक्तिहरूले सन् १९५६ मा संस्था स्थापना गरेका हुन्।

गत वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई दिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077