Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

नेपाल र चीनबीच बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर

नेपाल र चीनबीच बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ। नेपाल र चिनियाँ पक्षका उच्चस्तरीय भेटवार्ताका क्रममा उक्त फ्रेमवर्कमा हस्ताक्षर हुन नसकेपनि आज हस्ताक्षर भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबिचको द्विपक्षीय वार्तापछि ९ बुँदे सहमति र समझदारी–पत्रमा हस्ताक्षर भएको थियो ।

त्यसमा बीआरआई उल्लेख थिएन । तर नेपाल र चीनबिचको संयुक्त १२ बुँदे वक्तव्यमा भने बेल्ट एण्ड रोड सहकार्यको रूपरेखा निर्माण गर्न सकेसम्म चाँडो एमओयूमा हस्ताक्षर गरिने उल्लेख थियो ।

सहायता अन्तर्गत चीनले विभिन्न देशलाई दिँदै आएको सहुलियतपूर्ण ऋण नेपालले पनि पाउने सक्ने उल्लेख छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उच्चअधिकारीहरूबीच मंगलबार औपचारिक भेटवार्ता सकिएपछि जारी भएको संयुक्त वक्तव्यमा यी दुवै दस्ताबेजमा जतिसक्दो छिटो समझदारी (एमओयु) गर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077