Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

भुटानका राजा वाङचुक शुक्रबार काठमाडौं आउँदै

भुटानका राजा वाङचुक शुक्रबार काठमाडौं आउँदै

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक काठमाडौं आउने भएका छन् ।

भारतको औपचारिक भ्रमणमा निस्किने उनी भारत भ्रमण सकेपछि मंसिर २१ गते काठमाडौं आउने भएका हुन्न् ।

उनी २१ गते बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् ।

भुटानी राजा केही घण्टा काठमाडौं विमानस्थलमा रोकिने भएपछि काठमाडौंमा आवश्यक सुरक्षा तयारी अघि बढाइएको छ ।

भुटानका राजाले काठमाडौंमा कसैलाई भेट्छन् कि भेट्दैनन् भन्ने खुलिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077