Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रधानसेनापति सिग्देल भारत जाँदै

प्रधानसेनापति सिग्देल भारत जाँदै

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले भारत जाने भएका छन् ।

भारतका स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल भारत जान लागेका हुन् । उनले मंसिर २६ देखि २९ गतेसम्म भारतको भ्रमण गर्ने छन् ।

“भ्रमणको दौरान उहाँलाई भारतका राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्नुहुने कार्यक्रम छ,” नेपाली सेनाले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा प्रधानसेनापतिले भारतका उच्चपदस्थ पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077