Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदै गएको सन्देश प्रवाह भयो : प्रकाशमान सिंह

कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदै गएको सन्देश प्रवाह भयो : प्रकाशमान सिंह

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कीर्तिपुर नगरपालिकामा सम्पन्न उपनिर्वाचनको परिणामले कांग्रेस सुदृढ हुँदै गएको सन्देश प्रवाह गरेको दाबी गरेका छन् ।

कार्यवाहक प्रधानमन्त्री समेत रहेका सिंहले बुधबार कीर्तिपुरमा आयोजित सभामा उनले कीर्तिपुरले राजनीतिकरूपमा देशलाई नै सन्देश दिएको दाबी गरेका हुन् ।

'राजधानीको कीर्तिपुरजस्तो ठाउँ, जहाँ विश्वविद्यालय छः राजनीतिकरूपमा सचेत ठाउँ । यहाँबाट कांग्रेसको दिन अब झन सुदृढ हुँदै छ भन्ने सन्देश गएको छ,' उनले भने, 'नगर प्रमुख र दुई वडाध्यक्षको नतिजाले कांग्रेस अहिले पनि जनताको हृदय र मनमा रहेछ भन्ने कुरा देखाएको छ ।'

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले कीर्तिपुरमा मेयरका लागि ११ जना रहे पनि पार्टीले उमेदवारको निर्णय गरेपछि सबै एक भएर लाग्दा परिणाम पार्टीको पक्षमा आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077