Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

नाउपाका सांसद अरुण चौधरीको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सकियो

नाउपाका सांसद अरुण चौधरीको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सकियो

बुधवार , मंसिर १९, २०८१

काठमाडौँ । नागरिक उन्मुक्तिका सांसद तथा पर्यटन राज्यमन्त्री अरुण चौधरीविरुद्ध दायर भएको रिटमा बहस सकिएको छ ।

प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा बुधबार बहस सकिएको हो । साथै इजलासले यस विवादमा सुनुवाइ सकेर आउँदो पुस १७ सुनाउने मिति तोकेको छ ।

अधिवक्ता वसन्त जोशीले दायर गरेको रिट हेर्दाहेर्दै रहेको थियो । यसमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको थियो । रिटमा सांसद चौधरीले निर्वाचनको समयमा आफूमाथि कुनै पनि फौजदारी अभियोग नभएको र कैद समेत नबसेको भनी उल्लेख गरेको तर पछि अपराध गरेको खुलासा भएकाले सांसद पदबाट निलम्बन गर्नुपर्ने माग गरिएको छ।

उनी यही विवादमा २०७९ माघमा पुनः पक्राउ पनि परे । कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद चौधरीलाई प्रहरीले जिल्ला अदालत कैलालीमा बुझाएपछि अदालतले कारागार चलान गरेको थियो ।

२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते महादेव बजगाइँले कैलाली जिल्ला अदालतमा उनीसहित तीन जना विरुद्ध मुद्दा दायर गरेका थिए ।

ट्याक्टरमा आगजनी गरेको कसुरमा कैलाली जिल्ला अदालतले २०७० सालमै उनीलगायत ३ जनालाई बिगोसहित ६ महिना कैदको फैसला सुनाएको थियो । २०७९ फागुन ७ गते राष्ट्रपतिबाट माफी पाएपछि उनी रिहा भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077