Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रवि लामिछानेलाई रारारात सडकमार्ग हुँदै पोखरा पुर्‍याइयो

रवि लामिछानेलाई रारारात सडकमार्ग हुँदै पोखरा पुर्‍याइयो

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि रातारात पोखरा लगिएको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका रविलाई चितवनबाट मध्यराति पोखरा लगिएको हो ।

बिहान लैजाँदा उनका समर्थकहरुको भिडभाड हुनसक्ने भएपछि राति नै सडकमार्ग हुँदै पोखरा पुर्‍याइएको प्रहरीले जनाएको छ । उनलाई साहरा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा बयानका लागि लगिएको थियो ।

बयान सकिएपछि उनलाई राति नै पोखरा पुर्‍याइएको हो । अब उनलाई पोखराबाट फेरि पर्सा लैजाने तयारी छ । जिल्ला प्रहरी कार्यालय पर्साले पनि पक्राउको आदेश पाइसकेकोले उनलाई फेरि विरगञ्ज लैजाने तयारी प्रहरीले गरेको हो ।

वीरगञ्ज महानगरपालिका–६ आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको प्रकरणमा पर्सा जिल्ला अदालतबाट पनि रविविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077