काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक खुमलटारमा बसिरहेको छ ।
बिहीबार बिहानदेखि खुमलटारमा बैठक बसिरहेको हो ।
बैठकमा उपचुनावको समीक्षा, केन्द्रिय समिति बैठक, विद्यार्थी संगठन (अखिल क्रान्तिकारी) को निर्वाचन लगायत एजेन्डामा छलफल भइरहेको छ ।
यस्तै त्यस्तै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङबारे पनि छलफल हुने बताइएको छ ।