Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कोशीका पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

कोशीका पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अधिकारीमाथि मुद्दा नचल्ने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन्।

यसअघि आइतबार त्रिपाठीले अधिकारीमाथि मुद्दा नचल्ने निर्णय बदरको माग गर्दै मुद्दा दायर गर्ने निर्देशन माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए।

तर,अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले उक्त रिट दरपीठ गरिदिएका थिए। रिट दरपीठ गरिदिएपछि अधिवक्ता त्रिपाठीले आज पुन: दायर गरेको रिट सर्वोच्चले दर्ता गरेको हो।

निवेदनको सुनुवाइका लागि आइतबार पेशी तोकिएको छ। मानव तस्करको आरोपमा गत कार्त्तिक २५ गते अधिकारी पक्राउ परेका थिए।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेपछि उनी ११ मंसिरमा हिरासतमुक्त भएका थिए।

जापान भ्रमणमा जाने क्रममा मानव तस्करी गरेको आरोप अधिकारीमाथि छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077