Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

एनपीएलमा नरेन साउदले बनाए रेकर्ड, बने ५ विकेट लिने पहिलो नेपाली खेलाडी !

एनपीएलमा नरेन साउदले बनाए रेकर्ड, बने ५ विकेट लिने पहिलो नेपाली खेलाडी !

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । सुदूरपश्चिम रोयल्सका नरेन साउद नेपाल प्रिमियर लिगमा पाँच विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् ।

यू–१९ एसिया कप खेलेर नेपाल फर्किएका १८ वर्षीय नरेनले बिहीबार काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेट लिएका हुन् ।

देब्रे हाते स्लोआर्म अर्थोडक्स बलर नरेन ३.५ ओभरमा १९ रन दिएर ५ विकेट लिन सफल भए । नरेनको घातक बलिङमा सुदूरपश्चिमले काठमाडौंलाई ७२ रनको फराकिलो अन्तरले पराजित गर्‍यो ।

डेब्यु खेलमै पाँच विकेट लिएका नरेन प्लेयर अफ दि म्याच पनि बन्न सफल भए । यसअघि चितवन गुर्खाजका सोहेल तनवीरले काठमाडौंविरुद्ध एकै खेलमा पाँच विकेट लिएका थिए ।

तर उनी विदेशी खेलाडी हुन् । पाकिस्तानका ३९ वर्षीय पेस बलर सोहेलले पाँच विकेट लिने क्रममा चार ओभर पुरै बलिङ गर्दै २१ रन खर्चिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077