Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खुल्यो [सूचीसहित]

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खुल्यो [सूचीसहित]

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा आवेदन माग भएको छ । जवानदेखि भान्छे, कुचिकारसम्मका लागि नयाँ भर्ना खुलेको हो ।

नेपाल प्रहरीले आज सूचना प्रकाशित गरी प्रहरी जवानमा १ हजार १६५ पदमा भर्ना खुलाएको छ भने ४७ भान्छे र ११ कुचीकारका लागि पनि आवेदन माग भएको छ ।

नेपाल प्रहरीले कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा दरखास्त फारम पाइने र त्यहाँ बुझाउन सकिने जनाएको छ।

त्यस्तै गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश तालिक केन्द्र बुटवल, कर्णाली प्रदेश तालिक केन्द्र बाँके, सुदूरपश्चिम तालिक केन्द्र दियायलमा पनि फारम भर्न र बुझाउन सकिनेछ।

भर्ना छनौट शाखाका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला प्रहरी परिसरका अतिरिक्त सबै जिल्ला प्रहरी कार्यायलबाट पनि फारम भर्ने प्रबन्ध मिलाइएको छ । आवेदन मंसिर २७ गतेदेखि माघ ७ गतेसम्म दिन मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077