Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेट

प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेट

सोमवार , मंसिर २४, २०८१

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालबीच भेटवार्ता भएको छ।

दक्षिण र मध्य एसिया मामिला विभाग हेर्ने अमेरिकी सहायक मन्त्री र प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालबीच भेटवार्ता भएको हो।

अमेरिकी सहायक विदेशमन्त्री लुसँग सौहार्दपूर्ण शिष्टाचार भेटघाट सम्पन्न भएको रिमालले बताएका छन्।

भेटवार्तामा आपसी चासोका मुख्य विषयवस्तुमा छलफल भएको उनको भनाइ छ। उक्त भेटवार्तामा प्रधानमन्त्री ओलीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा पनि सहभागी थिए।

अमेरिकी सहायक विदेशमन्त्री लुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग आइतबार भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077