Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रदीप ज्ञवाली भन्छन् - व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन भएन

प्रदीप ज्ञवाली भन्छन् - व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन भएन

सोमवार , मंसिर २४, २०८१

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले विभिन्न आन्दोलनपछि मुलुकको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन हुन नसकेको बताएका छन् ।

रामप्रसाद राई स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा ज्ञवालीले मुलुकको व्यवस्था परिवर्तनसँगै अब जनताको अवस्था परिवर्तनमा ध्यान दिनुपर्ने समेत बताए ।

तीन–तीनवटा ठूला परिवर्तनपछि पनि जनतामा देखिएका गुनासालाई सम्बोधन गर्नुपर्ने उनले बताए ।

ज्ञवालीले विभिन्न आन्दोलनपछि मुलुक र जनताको अवस्थामा केही सुधार भए पनि क्रान्तिले लिएको लक्ष्यसम्म भने पुग्न नसकिएको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077