Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रौतहटमा स्कर्पियो दुर्घटना : ८ यात्रुको मृत्यु, ४ घाइते

रौतहटमा स्कर्पियो दुर्घटना : ८ यात्रुको मृत्यु, ४ घाइते

मंगलवार , मंसिर २५, २०८१

रौतहट । रौतहटमा स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ ।

जिल्लाको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा मंगलबार बिहान स्कर्पियो दुर्घटना भएको हो । दुर्घटनामा बालबालिकासहित ४ जना घाइते छन् ।

चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक जंगलमा बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई रोडबाट तल दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

मृतक मध्ये अधिकांशको सनाखत हुन सकेको छैन । घटनास्थलमा तत्कालै डीएसपी राईसहितको टोली पुगेको थियो । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077