Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

वीरगन्जमा रास्वपा कार्यकर्ताहरुको प्रदर्शन

वीरगन्जमा रास्वपा कार्यकर्ताहरुको प्रदर्शन

मंगलवार , मंसिर २५, २०८१

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ विरोधमा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन्।

सरकारी वकिल कार्यालय पर्सामा लामिछानेको बयान भइरहँदा उनका समर्थकले वीरगन्जमा प्रदर्शन गरेका हुन्।

उनीहरूले राजनीतिक प्रतिशोधविरुद्ध प्रदर्शन गरिएको बताएका छन् ।

प्रदर्शनमा सहभागीहरूले 'रवि लामिछानेलाई न्याय दे, जनता झुक्याउन पाइँदैन, राजनीति प्रतिशोध बन्द गर'लगायत प्लेकार्ड प्रदर्शन गरेका थिए ।

पर्साको सानोपाइला सहकारीको रकम अपचलनका विषयमा बयानका लागि लामिछानेलाई सोमबार नै पर्सा पुर्‍याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077