Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

समस्या समाधान भएसँगै सञ्चालनमा आयो पासपोर्ट सेवा

समस्या समाधान भएसँगै सञ्चालनमा आयो पासपोर्ट सेवा

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । राहदानी विभागले सबैजसो ठाउँमा सेवा सञ्चालनमा आएको जानकारी गराएको छ ।

विभागका अनुसा मालवेयर देखा परेर मसिंर ६ र ७ गते बन्द भएको सेवा सबैजसो स्थानमा पुनः सञ्चालनमा आएको हो ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नियोगहरूमा सेवा सुचारु भएको बताएको हो । बाँकी रहेका केही ठाउँमा एक–दुई दिनमै सेवा सुरु हुने विभागले जनाएको छ ।

विभागले विज्ञप्तिमार्फत भनेको छ,“केही समय अवरुद्ध भई पुनः सुचारु भएको सेवा लिन एकैपटक सेवाग्राही गई सेवा प्रवाहमा अत्यधिक चाप पर्न सक्ने देखिएकाले अत्यावश्यक परेको अवस्थामा बाहेक अन्य सेवाग्राहीहरूले धैर्य धारण गरी सेवाहरू पूर्णरूपमा सामान्य भएपछि राहदानी सेवाका लागि जान ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077