Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले गरे आफैंले पढेको विद्यालय भवनको उद्घाटन

प्रधानमन्त्री ओलीले गरे आफैंले पढेको विद्यालय भवनको उद्घाटन

बुधवार , मंसिर २६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन्।

तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा रहेको विद्यालयमा निर्माण भएको १८ कोठे भवन आज प्रधानमन्त्री ओलीले रिबन काटेर उद्घाटन गरेका हुन्।

प्रधानमन्त्री ओलीले विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीयलगायतसँग अन्तरक्रियासमेत गरेका छन् । प्रधानमन्त्री ओलीले यस विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरेका थिए ।

दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा निर्मित उक्त भवनको हालै निर्माण सम्पन्न भएको हो ।

भवन निर्माणमा उक्त फाउण्डेसनले चार करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारले २१ लाख ४० हजार र आठराई गाउँपालिकाले ६९ लाख लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077