काठमाडौं । कमलादीमा भासिएको सडकमा बक्स कल्भर्ट निर्माण गरेर आजदेखि प्रयोगमा ल्याइएको छ।
पुनर्निमित सडकमा आयोजित एक कार्यक्रमकाबीच रिबन काटेर सडक खोलिएको हो।
साउनको अन्तिम साता काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै सडक भासिएपछि बन्द नै थियो ।
४.४८ मिटर लामो र एउटा स्पान भएको बक्स कल्भर्ट निर्माण सम्पन्न भई उद्घाटन गरिएपछि आजैदेखि सडक सुचारु गरिएको हो ।
सडक भासिनुपुर्व एक तर्फी बनाइएको यो सडक अब सुचारु भएपनि एकतर्फी नै चलाउने ट्राफिक प्रहरीले जनाएको छ ।