Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रधानसेनापति सिग्देललाई भारतमा मानार्थ महारथीको उपाधि प्रदान

प्रधानसेनापति सिग्देललाई भारतमा मानार्थ महारथीको उपाधि प्रदान

बिहिवार , मंसिर २७, २०८१

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देललाई भारतीय स्थल सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको छ ।

भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानपति सिग्देललाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्हबाट सुशोभन गरेकी हुन्।

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा मंसिर ३५ गते नयाँ दिल्ली गएका प्रधानसेनापतिलाई आज मानार्थ महारथीको दर्ज्यानी चिन्हले सुशोभन गरिएको हो ।

भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी र नेपाली सेनाका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी प्रदान गर्दै आएको छ ।

प्रधानसेनापति सिग्देलले बुधवार भारतीय रक्षा सचिव राजेशकुमार सिंहसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077