Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

चार महिनामा भित्रियो साढे ५ खर्ब रेमिट्यान्स

चार महिनामा भित्रियो साढे ५ खर्ब रेमिट्यान्स

बिहिवार , मंसिर २७, २०८१

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण अर्थात् रेमिट्यान्स ५ खर्ब २१ अर्ब भित्रिएको छ ।

चालु आर्थिक वर्षको कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ९.१ प्रतिशतले बढेर ५ खर्ब २१ अर्ब ६३ करोड रूपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077