काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसिरहेको छ ।
साँझ ५ बजे बोलाइएको बैठक २ घण्टा ढिलो गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि सुरू भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्केर आएपछि बसेको मन्त्रिपरिषद्को यो पहिलो बैठक हो ।
प्रधानमन्त्री ओली मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा गएर २० गते फर्किएका थिए ।