Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साउदीमा भयानक सडक दुर्घटना हुँदा तीन नेपालीको मृत्यु

साउदीमा भयानक सडक दुर्घटना हुँदा तीन नेपालीको मृत्यु

शनिवार , माघ १९, २०८१

काठमाडौं । साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपाली कामदारको मृत्यु भएको छ ।

साउदी पश्चिमी क्षेत्रको जिजाननजिकै भएको भयानक दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।

जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका सुवास यादवका अनुसार मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर राना छन् । सोही दुर्घटनामा एक नेपाली घाइते भएका छन् ।

उनको अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ । सडक दुर्घटनामा नौ भारतीय नागरिकको पनि मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077