Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली विद्यार्थीमाथि भारतीय विश्वविद्यालयद्वारा अत्याचार : रिस उठ्दा निस्केर जा, विरोध भएपछि फर्केर आइज ?

नेपाली विद्यार्थीमाथि भारतीय विश्वविद्यालयद्वारा अत्याचार : रिस उठ्दा निस्केर जा, विरोध भएपछि फर्केर आइज ?

सोमवार , फाल्गुण ५, २०८१

काठमाडौं । भारतको उडिसास्थित कालिंगा इन्स्चिट्युड अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि विभेद गरेको छ । केआईआईटीकी नेपाली विद्यार्थी प्रकृति लम्साल आत्महत्या प्रकरणमा विद्यार्थीहरुले अन्दोलन चर्काएपछि विश्वविद्यालयले विद्यार्थीहरुलाई नेपाल फर्किन दाबाब दिएको थियो । यद्यपी आन्दोलनमा भारतीय विद्यार्थी समेत सहभागी थिए ।

सुरुमा नेपाली विद्यार्थीहरुलाई आ–आफ्नो सामानहरू समेत लिएर घर फर्किन उर्दी जारी गरेको विश्वविद्यालयले पछि भने सामान यतै राखेर आफू मात्रै स्वदेश फर्किन भन्दै नोटिस जारी गरेको थियो । यद्यपी चौतर्फी दबाबपछि विश्वविद्यालयले घर फर्किन लागेका नेपाली विद्यार्थीलाई कलेज फर्किन अनुरोध गरेको छ ।

विश्वविद्यालयले एक सार्वजनिक अपिल जारी गर्दै क्याम्पस छाड्ने वा योजना बनाएका सम्पूर्ण नेपाली विद्यार्थीलाई फर्केर कक्षाहरू सुरु गर्न अपिल गरेको हो ।

प्रकृति आइतबार साँझ होस्टेलको आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । प्रेमी भनिएका आद्विक श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विश्वविद्यालयको ‘क्यूबीसी–४’ होस्टेलमा उनले आत्महत्या गरेकी थिइन् । त्यसमा नेपाली विद्यार्थी मात्र नभई भारतीय विद्यार्थीहरूले समेत साथ दिएका थिए । तर, विश्वविद्यालयले भने घटनालाई सकभर दबाउने प्रयास गरेको थियो । त्यसपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् ।

छात्र विद्यार्थीहरू हिजो रातभर बाहिर बसेर आन्दोलन गरिरहे भने छात्रा विद्यार्थीहरू समेत होस्टेलभित्रै बसेर रातभर जागराम बसिरहे । हिजो रातभर आन्दोलनमा उत्रिएका विद्यार्थीहरूलाई आज बिहान भने विश्वविद्यालयले नेपाल फर्किन उर्दी जारी गरेको थियो ।

आज बिहान विश्वविद्यालय परिसरभित्र प्रहरी प्रवेश गरेर नेपाली विद्यार्थीहरूलाई एक एक गरेर गाडीमा राखेर बोरामा खाधेझै गरेर उनीहरूलाई गाडीमा हालेर बसस्टपम्म पुर्‍याएको थियो भने छात्राहरूलाई पनि गाडीमा हालेर बस स्टेसनसम्म पुर्‍याएको थियो ।

त्यहाँ अध्ययनरत १२ सयभन्दा बढी नेपाली विद्यार्थी आन्दोलनमा उत्रिएपछि विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले नेपाली विद्यार्थीलाई कलेजमा प्रवेश रोक लगाएको हो । होस्टेलमा बस्नेहरूलाई प्रहरी लगाएर निकै अराजक शैलीमा सामान प्याक गर्न लगाउँदै, लखेट्दै गाडीमा हालेर बस स्टेसनसम्म पुर्‍याएको विद्यार्थीहरूको भनाइ छ ।

विद्यार्थीहरूलाई कलेज फर्किन अनुरोध
चौतर्फी दबाबपछि विश्वविद्यालयले घर फर्किन लागेका नेपाली विद्यार्थीलाई कलेज फर्किन अनुरोध गरेको छ । विश्वविद्यालयले एक सार्वजनिक अपिल जारी गर्दै क्याम्पस छाड्ने वा योजना बनाएका सम्पूर्ण नेपाली विद्यार्थीलाई फर्केर कक्षाहरू सुरु गर्न अपिल गरेको हो ।

घटनालगत्तै त्यहाँको प्रहरीले दोषीलाई पक्राउ गरेको जनाएको छ । केआईआईटी प्रशासनले शैक्षिक गतिविधिहरू सुरु गर्न सबै प्रयास गरेको विश्वविद्यालयले जनाएको छ ।

यसअघि विश्वविद्यालयले विज्ञप्ति जारी गरेर थप अप्रिय घटना हुन नदिन नेपाली विद्यार्थीलाई नेपाल पठाइएको बताएको थियो । विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन प्रोत्साहित गरिने भन्दै उनीहरूको शैक्षिक पक्षलाई बाधा नपुर्‍याउने जनाएको थियो ।

यता, दिल्लीस्थित नेपाली दूतावासले उडिसाको घटनाबारे विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीहरूलाई शैक्षिक संस्थाको छात्रावासमा बस्ने प्रबन्ध मिलाउन अनुरोध गरिएको र त्यस अनुसार नै शैक्षिक संस्थाले व्यवस्था गरेको जनाएको छ।

राजदूत शंकर शर्माले शैक्षिक संस्थाका रजिस्ट्रार लगायतका प्रतिनिधिहरूसँग छलफल गरेको पनि विज्ञप्तिमा उल्लेख छ।

‘राजदूतावासले सो शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको थियो। त्यसैगरी, उक्त शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरूको कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन समेत अनुरोध गरिएको थियो,’ विज्ञप्तिमा भनिएको छ–‘यस राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीहरूलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरूको लागि कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी यस राजदूतावासलाई गराएको छ।’

उक्त शैक्षिक संस्थाकी विद्यार्थी प्रकृति लम्सालको मृत्युको सम्बन्धमा भने निष्पक्ष अनुसन्धानमा जोड दिएको र संस्थाले पनि गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।

दूतावासले नेपाली नेपाली विद्यार्थी लगायत भारतको केन्द्रीय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरूसँग पनि सम्पर्क गरिरहेको उल्लेख गरेको छ। यस्तै इन्स्चिट्युडले पनि सूचना जारी गर्दै नेपाली विद्यार्थीहरूले छात्रावासमै बस्न पाउने जनाएको हो।

रुपन्देही घर भएकी २० वर्षीया प्रकृति लम्साल आइतबार साँझ विश्वविद्यालयको होस्टलमा मृत भेटिएकी थिइन्। उनी केआइआइटीमा बि(टेक तेस्रो वर्षमा अध्ययनरत थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077