एजेन्सी । प्यालेस्टिनी लडाकू संगठन हमासले आज चार इजरायली बन्धकहरूको शव फिर्ता गर्ने भएको छ ।
यी चार शवमध्ये तीन जना बिबास परिवारका दुई सन्तान, केफिर र एरियल र उनीहरूकी आमा शिरीकाका छन् ।
दुई पक्षका वार्ताकार अल(हय्याले हमासले बिहीबार चार शव हस्तान्तरण गर्न सहमति जनाएको बताए ।
यसबाहेक, हमासले शनिबार ६ जना बन्धकहरूलाई रिहा गर्ने छ । यो पहिले तोकिएको संख्याको दोब्बर हो ।