Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

युक्रेनसँग थप आक्रमक बने ट्रम्प, भने - जेलेन्सकी तानसाह हुन्

युक्रेनसँग थप आक्रमक बने ट्रम्प, भने - जेलेन्सकी तानसाह हुन्

बिहिवार , फाल्गुण ८, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीलाई तानसाहको आरोप लगाएका छन् । फ्लोरिडामा साउदी समर्थनमा आयोजित लगानी सम्मेलनमा बोल्दै ट्रम्पले यस्तो आरोप लगाएका हुन् ।

यो अभिव्यक्ति पछि दुई नेताबिचको दूरी थप बढेको छ । ट्रम्पको यो अभिब्यक्ति जेलेन्सकीले साउदी अरबमा भएको अमेरिका–रुस वार्तामा कीभलाई समावेश नगरिएकोमा जनाएको प्रतिक्रियापछि आएको हो ।

जेलेन्सकीले प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति ‘मस्कोद्वारा सञ्चालित भ्रामक जानकारीको संसारमा बसिरहेको’ बताएका थिए। फ्लोरिडामा साउदी समर्थनमा आयोजित लगानी सम्मेलनमा बोल्दै ट्रम्पले भने, ‘ कमेडियन जेलेन्स्की वास्तवमै एक मात्र कुरामा कुशल देखिए त्यो भनेको जो बाइडेनलाई सजिलै नचाउन सक्नु हो।’

उनले ‘तानसाह’ भनेपछि युरोपका नेताहरु भने असन्तुष्ट सुनिए। विशेष गरी जर्मन चान्सलर ओलाफ स्कोल्ज राष्ट्रपति जेलेन्स्कीको प्रजातान्त्रिक वैधतालाई अस्वीकार गर्नु गलत भएको बताए। उनले यसले खतरा निम्त्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077