Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

काश पटेललाई एफबीआई प्रमुख बनाउने ट्रम्पको निर्णय

काश पटेललाई एफबीआई प्रमुख बनाउने ट्रम्पको निर्णय

शुक्रवार , फाल्गुण ९, २०८१

एजेन्सी । भारतीय मूलका अमेरिकी नागरिक काश पटेल फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई)को निर्देशकमा नियुक्त भएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले काश पटेललाई एफबीआईको निर्देशक नियुक्त गरेका हुन्। नयाँ जिम्मेवारी पाएसँगै पटेलले अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन्।

डेमोक्र्याटिक पार्टीका सबै सांसदहरूसँगै रिपब्लिकन पार्टीका दुई सांसदहरू सुसान कोलिन्स र लिसा मुर्कोवस्कीले पनि यस नियुक्तिको विपक्षमा मतदान गरेका थिए।

पटेलले राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा पनि उनीसँग काम गरिसकेका छन्। अनुसार ४४ वर्षीय पटेलले आफ्नो करिअर वकिलको रूपमा सुरु गरेका थिए।

उनले हत्या, लागूऔषध ओसारपसार, जटिल वित्तीय अपराधहरूजस्ता मुद्दामा अदालतमा पैरवी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077