Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इजरायलको राजधानीमा तीन बसमा विस्फोट

इजरायलको राजधानीमा तीन बसमा विस्फोट

शुक्रवार , फाल्गुण ९, २०८१

एजेन्सी । इजरायलको राजधानीमा तीन वटा बसमा विस्फोट भएको छ।

तेल अविभको दक्षिणी सहर बटयाममा सडकमा पार्क गरी राखिएका तीन वटा बसमा विस्फोट भएको हो ।

विस्फोट भएका तीन वटा बस छुट्टाछुट्टै ठाउँमा पार्क गरी राखिएको थियो।

पार्क गरी राखिएको बसहरूमा विस्फोट भएकाले मानवीय क्षति भने भएको छैन ।

नजिकैको अर्को सहर होलोनमा पनि विस्फोट नभएका बमहरू भेटिएका छन् ।

विस्फोटको घटना र अन्य ठाउँहरुमा पनि बम भेटिएपछि तेल अविभमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

विस्फोट नभएका बमहरू इसराइली सेनाले डिस्पोज गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077