Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सरकारी कर्मचारीलाई मस्कले भने - गत हप्ताको प्रगति विवरण बुझाउनू

सरकारी कर्मचारीलाई मस्कले भने - गत हप्ताको प्रगति विवरण बुझाउनू

आइतवार , फाल्गुण ११, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमा सरकारी दक्षता विभाग (डीओजीई) को नेतृत्व गरिरहेका अर्बपति एलन मस्कले संघीय कर्मचारीहरूलाई कडा चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत उनले सबै संघीय कर्मचारीले चाँडै नै गत हप्ताको कामको विस्तृत प्रगति विवरण बुझाउन भनेका छन् । यदि जवाफ नदिए राजीनामा मानिने उनल जानकारी गाए । उनले अमेरिकी सरकारको खर्च घटाउन हरसम्भव प्रयास गरिरहेका छन् ।

ट्रम्प प्रशासनले मस्कलाई सरकारी खर्च घटाउने जिम्मेवारी दिएको छ । हालै उनले रक्षा विभागलाई आगामी हप्तादेखि कर्मचारी संख्यामा पाँच प्रतिशत कटौती गर्न निर्देशन दिएका छन् ।

यसअघि जनवरीमा, ट्रम्प प्रशासनले २० लाखभन्दा बढी कर्मचारीलाई आठ महिनाको तलबसहित स्वैच्छिक राजीनामा दिने प्रस्ताव पठाएको थियो ।लगाएका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077