Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेटोको सदस्यता पाए म पद त्याग्न तयार छु : जेलेन्स्की

नेटोको सदस्यता पाए म पद त्याग्न तयार छु : जेलेन्स्की

सोमवार , फाल्गुण १२, २०८१

एजेन्सी । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युक्रेनमा शान्तिको लागि राष्ट्रपति पद त्याग्न तयार रहेको बताएका छन्।

जेलेन्स्कीले युक्रेनको स्रोतसाधनको सम्बन्धमा अमेरिकासँग सम्झौता गर्न आफू तयार रहेको पनि बताएका हुन्।

जेलेन्स्कीले युक्रेनलाई युरोप र संयुक्त राज्य अमेरिका दुवैको समर्थन आवश्यक रहेको बताए। त्यसका लागि युक्रेनमा शान्ति र यसको सुरक्षा सुनिश्चित हुनुपर्ने तथा नेटो सैन्य गठबन्धनमा समावेश गर्नुपर्ने सर्त राखेका छन्।

युक्रेनमा सोमबारदेखि युरोपेली नेताहरूको बैठक सुरू हुँदैछ। त्यसको तयारीबारे प्रश्न गर्दा पत्रकारहरूले उनको राष्ट्रपति पदबारे पनि सोधेका थिए।

त्यसको जबाफमा उनले युक्रेनमा शान्ति र नेटो सैन्य गठबन्धनको बदलामा राष्ट्रपति पद छाड्न तयार रहेको बताएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई यसअघि 'तानाशाह' भनेका थिए। आइतबार पत्रकारहरूसँग जेलेन्स्कीले आफू ट्रम्पले भनेको जस्तो तानाशाह पनि नभएको बताए।

युक्रेनमा सन् २०१९को चुनावबाट जेलेन्स्की राष्ट्रपति चुनिएका थिए। उनको कार्यकाल २०२४ मा सकिने थियो। तर युक्रेन अहिले रूससँग युद्धमा रहेका कारण त्यहाँ चुनाव हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077