Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जेलेन्स्कीद्वारा 'दीर्घकालीन शान्ति’को आह्वान

जेलेन्स्कीद्वारा 'दीर्घकालीन शान्ति’को आह्वान

सोमवार , फाल्गुण १२, २०८१

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबार रुसको आक्रमणको तेस्रो वर्षमा यस वर्ष ‘वास्तविक, दीर्घकालीन शान्ति’को आह्वान गरेका छन् । किएभमा आयोजित शिखर सम्मेलनमा भेला भएका युरोपेली नेताहरूको बीचमा उनले शान्तिको आह्वान गरेका हुन् ।

रुसले आफ्नो हितलाई ‘उपयुक्त’ बनाउने सम्झौतामा पुग्न सकेमा मात्र आक्रमण रोक्ने बताएको छ र युरोपमाथि लडाइँलाई लम्ब्याउन चाहेको आरोप लगाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सन् २०२२ फेब्रुअरीमा ‘विशेष सैन्य अभियान’ सुरु गर्ने निर्णयले दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा ठूलो द्वन्द्व सुरु गरेको थियो ।

दुवै पक्षका दशौँ हजार सैनिक र युक्रेनी नागरिक मारिएका छन् । देशको दक्षिण र पूर्वका सहरहरू ध्वस्त भएका छन् र लाखौँ मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077