एजेन्सी । बंगालको खाडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार आज बिहान गएको भूकम्पको तीव्रता ५.१ रिक्टर स्केल मापन गरिएको हो ।
कोलकातासहित भारतका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको बताइएको छ ।
हालसम्म क्षतिको विवरण भने सार्वजनिक भएको छैन ।