एजेन्सी । भारतको प्रयागराजमा चलिरहेको महाकुम्भमा महाशिवरात्रिको अवसरमा पवित्र स्नान गर्न लाखौँ भक्तजन भेला भएका छन् ।
महाशिवरात्रि स्नानसँगै कुम्भमेलाको समापन हुनेछ । भीडभाडलाई ध्यानमा राख्दै मेला क्षेत्रलाई ‘नो भेहिकल जोन’ घोषणा गरिएको छ ।
महाकुम्भमा अहिलेसम्म ६५ करोडभन्दा बढी भक्तजनले स्नान गरिसकेको बताइएको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भक्तजनहरूलाई शुभकामना दिएका छन् ।