Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मेक्सिको र क्यानडामाथि ट्रम्पको २५ प्रतिशत कर आजबाट लागू

मेक्सिको र क्यानडामाथि ट्रम्पको २५ प्रतिशत कर आजबाट लागू

मंगलवार , फाल्गुण २०, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडामा २५ प्रतिशत कर लगाएका छन् ।

क्यानडामा र मेक्सिकोमा ४ मार्चबाट लागू हुने भनिएको २५ प्रतिशत कर आजबाट शुरु भएको हो । यस्तै पारस्परिक कर अप्रिल २ बाट शुरु हुने ट्रम्पको भनाइ थियो ।

फेब्रुअरी १ मा, ट्रम्पले सोही महिनाको चार तारिखदेखि कार्यान्वयनमा आउनेगरी मेक्सिको र क्यानडाबाट आयात गरिएका सामानहरूमा २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

तर बीचमा सहमति खोज्ने प्रयासस्वरूप ३० दिनका लागि कर स्थगन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077