Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ट्रम्पलाई चीन, क्यानडा र मेक्सिकोको 'काउन्टर' - अब अमेरिकी सामानहरूमा कर लगाउने

ट्रम्पलाई चीन, क्यानडा र मेक्सिकोको 'काउन्टर' - अब अमेरिकी सामानहरूमा कर लगाउने

बुधवार , फाल्गुण २१, २०८१

एजेन्सी । क्यानडा र मेक्सिकोबाट अमेरिका आयात हुने सामानहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाइएको छ ।

यसबाहेक चीन विरुद्ध नयाँ १० प्रतिशत लेवी (एक प्रकारको कर) पनि सुरु गरिएको छ। ट्रम्पले अब क्यानडा र मेक्सिकोसँग वार्ताको कुनै सम्भावना नभएको बताए ।

करको बदलामा क्यानडाले पनि अमेरिकाबाट आयात हुने घरायसी सामान, सुन्तलाको जुस, वाइन, स्प्राइड, बियर र कफी लगायत सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको छ।

मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले अमेरिकासँग यो कर लगाउनुको कुनै कारण नभएको बताएकी छन् । यसको विरोधमा मेक्सिकोले अमेरिकी सामानहरूमा कर लगाउने बारेमा पनि कुरा गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077