एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युरोपेली सङ्घ (इयु) का नेताहरूलाई युक्रेनको साथमा उभिएकोमा धन्यवाद दिएका छन् ।
बिहीबारको शिखर सम्मेलनमा इयुका सबै २७ सदस्य राष्ट्रका नेताहरू गत हप्ता ट्रम्प र जेलेन्स्कीबीच भएको विस्फोटक बैठकपछि पहिलोपटक एकसाथ उभिएका हुन् ।
त्यसयता वासिङ्टनले सैन्य सहायता र खुफिया जानकारी साझेदारी निलम्बन गरेको छ । अमेरिकी सैन्य सहायता र खुफिया जानकारीले किएभलाई रुसको आक्रमणको सामना गर्न मद्दत गरेको थियो ।
‘हामी धेरै आभारी छौँ कि हामी एक्लै छैनौँ । र यी केवल शब्दहरू मात्र होइनन्’, इयुका प्रमुखहरू उर्सुला भोन डेर लेयेन र एन्टोनियो कोस्टाको साथमा उभिँदै युक्रेनी राष्ट्रपतिले वार्ता सुरु हुँदा पत्रकारहरूलाई भने ।