एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आउने सबै समानहरुमा लागू गरिने करलाई एक महिनाको लागि स्थगित गरेका छन् ।
उनले हिजो कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्दै मेक्सिको र क्यानडाका लागि घोषणा गरेको कर नीति एक महिनालाई स्थगित गरेका हुन् ।
ट्रम्प प्रशासनको निर्णयले आर्थिक योजनाअन्र्तगत ठूलो परिवर्तन गरेको जसले गर्दा बजार, व्यवसाय र उपभोक्ताहरूलाई असर गरेको दाबी गरिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प र मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबामबीच हिजो भएको छलफलपछि कर नीति लागू गर्न स्थगित गरिएको बताइएको छ ।
क्यानडाका प्रधानमन्त्री र राष्ट्रपति ट्रम्पबीचको टेलिफोन वार्ता र क्यानडाका अधिकारीहरू र ट्रम्प प्रशासनबीच भएको कुराकानीको आधारलाई पनि कर लागू गर्ने निर्णय पछि धकेलिएको अनुमान छ ।
यसैबीच यसअघि अमेरिकाले उच्च कर लगाएपछि क्यानडा, मेक्सिको र चीनले पनि करको बदला कर भन्दै कडा प्रतिक्रिया दिइरहेका छन् ।