Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रुसमाथि थप प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी

रुसमाथि थप प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी

शुक्रवार , फाल्गुण २३, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

ट्रम्पले ट्रुथ सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन् । उनले रुस र युक्रेनलाई तत्काल वार्तामा बस्न पनि आह्वान गरे ।

युद्धविरामको सहमति नहुञ्जेल प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेको उनले बताएका छन्।

‘रुसले अहिले लडाइँको मैदानमा युक्रेनलाई नराम्ररी प्रहार गरिरहेको तथ्यका आधारमा युद्धविराम र अन्तिम शान्ति सम्झौतामा नपुगुञ्जेलसम्मका लागि म रुसमाथि ठूलो ब्यांकिङ प्रतिबन्ध र भन्सार शुल्क लगाउने विषयमा विचार गरिरहेको छु,’ उनले लेखेका छन् ।

‘रुस र युक्रेन अहिल्यै वार्तामा बसिहाल, नत्र ढिला होला । धन्यवाद !’ ट्रम्पले थप लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077