Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारत-पाकिस्तान सीमावरिपरि यात्रा नगर्न आफ्ना नागरिकलाई अमेरिकाको आग्रह

भारत-पाकिस्तान सीमावरिपरि यात्रा नगर्न आफ्ना नागरिकलाई अमेरिकाको आग्रह

आइतवार , फाल्गुण २५, २०८१

एजेन्सी । अमेरिकाले आफ्ना नागरिकलाई भारत-पाकिस्तान सीमा रेखा वरिपरि यात्रा नगर्न आग्रह गरेको छ।

अमेरिकाले जारी गरेको ‘ट्राभल एडभाइजरी’अनुसार पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वाको यात्रा नगर्न आफ्ना नागरिकलाई सुझवा दिइएको हो।

‘ट्राभल एडभाइजरी’ जारी गर्नुको कारण ती क्षेत्रमा आतंकवाद र सशस्त्र द्वन्द्वको सम्भावना रहेको बताइएको छ।

एडभाइजरीमा भनिएको छ, ‘पाकिस्तानमा हिंस्रक अतिवादी समूहहरूले आक्रमण गरिरहेका छन्। बलुचिस्तान प्रान्त र खैबर पख्तुनख्वामा आतंकवादी आक्रमण भइरहेका छन्।’

अतिवादीहरूले स्थानीय सैन्य र प्रहरी अड्डामा पनि आक्रमण गरेको एडभाइजरीमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077