एजेन्सी । मुम्बईको नागपाडाको मिन्ट रोडमा गुड लक मोटर ट्रेनिङ स्कुल नजिकै निर्माणाधीन भवनमा पानीको ट्याङ्की सफा गर्ने क्रममा निसास्सिएर चार जना कामदारको मृत्यु भएको छ ।
निसास्सिएर ज्यान गुमाउनेहरूमा १८ वर्षीय हसिपाल शेख, २० वर्षीय राजा शेख, ३६ वर्षीय जिउल्ला शेख र ३८ वर्षीय इमान्डु शेख रहेका छन्।
सो घटनामा घाइते पाँचौँ कामदार ३१ वर्षीय पुरहान शेखलाई अस्पतालमा भर्ना गरिएको छ ।
बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशन (बीएमसी) अधिकारीहरूका अनुसार, घटना मिन्ट रोड नागपाडा मुम्बईको गुड लक मोटर ट्रेनिङ स्कुल नजिकै भएको थियो ।