एजेन्सी । इजरायलले गाजामा तत्काल बिजुलीको आपूर्ति बन्द गरेको छ ।
बाँकी रहेका ५९ बन्धकको तत्काल रिहाइका लागि हमासमाथि दबाब बढाउन यो कदम चालिएको हो ।
इजरायलका ऊर्जामन्त्री एली कोहेनका अनुसार इजरायल इलेक्ट्रिसिटी कर्पोरेशनलाई गाजामा विद्युत् आपूर्ति बन्द गर्ने आदेश दिइएको छ ।
गत हप्ता इजरायलले गाजामा राहत सामग्री, तेल र अन्य सामग्री बोकेका सवारीसाधनहरूको बाटो अवरुद्ध गरेको थियो ।
ऊर्जामन्त्री कोहेनले पानी आपूर्ति बन्द गर्ने बारेमा पनि सोचिरहेको बताए ।