Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

युक्रेनमा इन्टरनेट बन्द गर्ने मस्कको चेतावनी

युक्रेनमा इन्टरनेट बन्द गर्ने मस्कको चेतावनी

मंगलवार , फाल्गुण २७, २०८१

एजेन्सी । टेस्ला र स्टारलिङ्कका सीईओ एलोन मस्कले युक्रेनको इन्टरनेट बन्द गर्ने धम्की दिएका छन् । आइतबार मस्कले यदि उनले युक्रेनमा आफ्नो स्टारलिङ्क इन्टरनेट प्रणाली बन्द गरे भने युक्रेनको रक्षा रेखा ध्वस्त हुने बताएका हुन् ।

मस्कको स्टारलिङ्क इन्टरनेट प्रणाली युक्रेनलाई सैन्य सञ्चार कायम राख्न सहयोगी भएको छ।

मस्कले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेखेका छन्, 'स्टारलिङ्क प्रणाली युक्रेनी सेनाको मेरुदण्ड हो। युक्रेनले अन्ततः हार्ने युद्ध र नरसंहारको बारेमा म चिन्तित छु।'

तर पछि उनले अर्को पोस्ट गर्दै यस्तो आफूले कहिल्यै नगर्ने भनेर स्पस्ट पारेका छन्। उनले लेखेका छन्, 'म युक्रेनको नीतिको जतिसुकै विरुद्धमा भए पनि त्यहाँ स्टारलिङ्कको टर्मिनल कहिल्यै बन्द गर्ने छैन। म स्टारलिङ्क इन्टरनेटलाई मोलमोलाईको रूपमा प्रयोग गर्दिनँ।'

पोल्याण्डका विदेशमन्त्री राडोस्लाव सिकोर्स्कीले पोल्याण्डले युक्रेनको स्टारलिङ्कलाई वार्षिक ५ करोड डलर दिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077