Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

पाकिस्तानमा रेल अपहरण : १०४ बन्धक उद्धार, ३० सैनिक र १६ विद्रोही मारिएको दाबी

पाकिस्तानमा रेल अपहरण : १०४ बन्धक उद्धार, ३० सैनिक र १६ विद्रोही मारिएको दाबी

बुधवार , फाल्गुण २८, २०८१

एजेन्सी । बलुच लिबरेशन आर्मी (बीएलए) ले मंगलबार बलुचिस्तानको बोलान पासमा क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेस रेल अपहरण गरेको छ ।

बीएलएले रेलको ट्र्याकमा विस्फोट गरी सुरुङमा रोकेर २१४ यात्रुलाई बन्धक बनाएको दाबी गरेको छ ।

उनीहरूले ३० सैनिकको हत्या गरेको र आफ्ना लडाकुहरूको रिहाइका लागि सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएको बताएका छन्। सैन्य कारबाही भए सबै बन्धक मार्ने धम्की पनि दिएका छन्।

पाकिस्तानी सुरक्षा बलले जारी भिडन्तमा १६ विद्रोही मारिएको जानकारी दिएका छन्। एआरवाई न्यूजका अनुसार सेनाले १०४ बन्धक (५८ पुरुष, ३१ महिला र १५ बालबालिका) लाई उद्धार गरेको छ ।

सुरक्षा स्रोतले आतंककारीहरूले महिला र बालबालिकालाई मानव ढाल बनाएकोले उद्धार जटिल भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077