Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

युद्धग्रस्त कुर्स्कमा सैनिक पोशाकमा देखिए रुसी राष्ट्रपति पुटिन

युद्धग्रस्त कुर्स्कमा सैनिक पोशाकमा देखिए रुसी राष्ट्रपति पुटिन

बिहिवार , फाल्गुण २९, २०८१

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धग्रस्त कुर्स्कको क्षेत्रको अप्रत्याशित भ्रमण गरेका छन् ।

अमेरिकासँग भएको वार्तामा युक्रेन एक महिने युद्धविरामका लागि सहमत भएसँगै पुटिन पहिलोपटक कुर्स्क पुगेका हुन् ।

पुटिनले कुर्स्कबाट युक्रेनी सेनालाई धपाउने रुसको अभियान अन्तिम चरणमा प्रवेश गरेको बताएका रुसको सरकारी समाचार संस्था तासले जनाएको छ ।

रुसी राष्ट्रपति कार्यालयले जारी गरेको तस्बिरमा पुटिन सैन्य पोशाकमा देखिन्छन् । तासका अनुसार पुटिने रुसी सेनालाई कुर्स्क क्षेत्र पूर्ण रूपमा फिर्ता लिन आदेश दिएका छन् ।

नियन्त्रणमा लिइएका कुनै पनि युक्रेनी सैनिकलाई आतंकवादी मानिने पुटिनको भनाइ छ ।

साउदी अरबमा भएको वार्तामा युक्रेनले स्विकार गरेको एक महिना लामो युद्धविरामबारे अमेरिकाले जवाफ पर्खिरहेका बेला पुटिन अप्रत्यासित रुपमा कुर्स्क पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077