Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अफ्रिकी राजदूतलाई देश निकाला गर्ने अमेरिकाको घोषणा

अफ्रिकी राजदूतलाई देश निकाला गर्ने अमेरिकाको घोषणा

शनिवार , चैत्र १, २०८१

एजेन्सी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दक्षिण अफ्रिकाका राजदूतले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गरेको आरोप लगाउँदै उनलाई देश निकाला गर्ने घोषणा गरेका छन् ।

दक्षिण अफ्रिकी राष्ट्रपतिको कार्यालयले शनिबार आफ्ना राजदूतलाई देश निकाला गर्ने अमेरिकी निर्णय ‘खेदजनक’ भएको टिप्पणी गरेको छ ।

राजदूतलाई देश निकाला गर्ने घोषणा गर्दै शुक्रबार रुबियोले लेखेका छन्, “संयुक्त राज्य अमेरिकाका निम्ति दक्षिण अफ्रिकाका राजदूतलाई अब हाम्रो महान् देशमा स्वागत छैन ।”

ट्रम्पलाई उद्धृत गर्दै विदेशमन्त्री रुबियोले भनेका छन्, “इब्राहिम रसुल अमेरिकालाई घृणा गर्ने एक जातिगत राजनीतिज्ञ हुन् ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077