Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दक्षिण अमेरिकामा अचानक भयानक आँधी, कम्तिमा २० जनाको मृत्यु

दक्षिण अमेरिकामा अचानक भयानक आँधी, कम्तिमा २० जनाको मृत्यु

आइतवार , चैत्र २, २०८१

एजेन्सी । दक्षिण अमेरिकामा भयानक आँधी आएको छ ।

आँधीले दक्षिण-पूर्वी राज्यहरूमा ठूलो धनजनको क्षति पुर्‍याएको हो । आँधीका कारण कम्तीमा २० जनाको मृत्यु भएको बताइएको छ ।

टेक्सासमा आँधीका कारण कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । यसबाहेक ओक्लाहोमा र अर्कान्सासमा पनि जनधनको क्षति भएको खबर छ ।

ट्र्याकर पावरआउटेजका अनुसार ६ राज्यका २ लाख ४० हजारभन्दा बढी घरमा बिजुली छैन । यी राज्यहरूमा टेक्सास, मिसौरी र इलिनोइस समावेश छन् ।

मध्य मिसिसिपी, पूर्वी लुइसियाना र पश्चिमी टेनेसीका लागि गम्भीर मौसम चेतावनी जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077