Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अमेरिकाले गर्‍यो यमनमा ठूलो आक्रमण, १९ जनाको मृत्यु

अमेरिकाले गर्‍यो यमनमा ठूलो आक्रमण, १९ जनाको मृत्यु

आइतवार , चैत्र २, २०८१

एजेन्सी । अमेरिकाले यमनमा ठूलो आक्रमण गरेको छ । शनिबार राति यमनमा हुथी विद्रोहीलाई लक्षित गरेर अमेरिकाले ठूलो आक्रमण गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरूद्ध सैन्य कारबाही चलाउन निर्देशन दिएका थिए । त्यसपछि अमेरिकी सेनाले यमनमा आक्रमण गरेको दाबी गरिएको हो ।

ट्रम्पको निर्देशनपछि यमनको राजधानी सना र उत्तरी राज्य सदामा अमेरिकी सेनाले आकाश र समुद्रबाट आक्रमण गरेको छ ।

यसले हुथीको प्रतिरक्षा प्रणाली, राडार, मिसाइल र ड्रोन प्रणालीहरूलाई निसाना बनाएको बताइएको छ ।

आक्रमणमा परी सनामा १३ सर्वसाधरण मारिएका छन् भने ९ जना घाइते भएका छन् । सदामा ६ जनाको मृत्यु भएको हुथीको अल मसिरा टेलिभिजनलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077